अजय–काजोलसँग किन डेढ बर्षसम्म रिसाईन छोरी न्यासा ?

काठमाडौँ । बलिउडका हस्तीहरु अजय देवगन र काजोलकी छोरी न्यासा डेढ वर्षसम्म रिसाएको खुलेको  छ ।

अजय आफ्नो चलचित्र ‘शिवाय’ निर्माणमा व्यस्त भएकाले बिस्तारै बलिउडको लाइमलाइटमा आउन थालेकी न्यासा बाबुसंग रिसाएको खुलासा स्वयं अक्षयले गरेका छन् । शिवायको ट्रेलर देखेपछिमात्र न्यासा अजयसंग निकै नरम भएको बताइएको छ ।
ट्रेलर देखेपछि न्यासाले अजयलाई भनिन्, ‘बल्ल मैले जाने बाबा हजुर किन यतिधेरै व्यस्त हुनुभयो भनेर ।’ अजयले छोरी न्यासाको यो प्रतिक्रिया सबैभन्दा राम्रो कम्प्लिमेन्ट भएको पनि प्रतिक्रिया दिएका छन् ।
शिवाय आगामी कार्तिक १२ गते प्रदर्शनमा आउँदै छ । १३ वर्षकी न्यासा किताबकी कीरो हुन् । पढ्न भनेपछि हुरुक्क हुने १३ वर्षकी बच्चीले के बुझेर शिवायलाई मन पारिन् र अजयलाई माफ गरिन् त्यो उनै जानून् ।
तर कतै यो चलचित्र चलाउने मसला बनाउन खोजिएको त हैन भनेर पनि हल्ला चल्न थालेको भए पनि यो सत्य नभएको बताइन्छ ।