सलमानले सार्वजनिक गरे साहरुखको फिल्मको प्रदर्शन मिति र पोष्टर

एजेन्सी  । चलचित्र ‘डीअर जिन्दगी’बाट दर्शकलाई सरप्राइज दिएका बलिउड सुपरस्टार नायक साहरुख खानकाे नयाँ चलचित्र ‘रइस’को ट्रेलर डिसेम्बर ७ ताखिरमा सार्वजनिक हुँदैछ । भारतका ९ वटा शहरका करिब ३५ सय हलबाट एकसाथ ट्रेलर सार्वजनिक गरिने वतार्इएकाे छ । नायक खानले ३५ सय पर्दामा दर्शकसँग कुराकानी गर्नेछन् ।

आम दर्शक ‘रइस’को ट्रेलरको प्रतिक्षामा रहेकोले साहरुखले मंगलबार बेलुकी अर्को सरप्राइज दिएका छन् । साहरुखले आफू अभिनित चलचित्र ‘द रिङ’को फस्टलुक सार्वजनिक गरेर सबैलाई सरप्राइज दिएकाे वतार्इएकाे छ । आम दर्शक र मिडियाका लागि साहरुख र सलमानले सरप्राइज नै दिएका थिए ।  सार्वजनिक भएको फस्टलुकमा साहरुख र नायिका अनुष्का शर्माको प्रेम देखाइएको छ । यो चलचित्र आउँदो बर्षको अगष्ट ११ तारिखबाट रिलिज हुनेछ ।

सलमानले ट्विट गर्दै आफूले प्रदर्शन मिति तोकेको र चलचित्रको नाम भने दर्शकले नै जुराइदिन आग्रह पनि गरेका छन् । टाइटल प्रोजेक्टको रुपमा ‘द रिङ’ रहेपनि चलचित्रको नाम अर्कै राखिने वतार्इएकाे छ ।