फिल्म खेल्दा बसेकाे मायाँ रिलिज हुँदा छुट्यो, नीता र आमेषको प्रेम

काठमाडाै । नायिका नीता ढुंगाना तथा नव-नायक आमेष भण्डारीकाे अहिले शहरका भित्तामा एउटा चलचित्रको पोष्टर टाँसिएको छ । सामान्य प्रचारका अाजकै दिनबाट रिलिज भएको चलचित्र ‘त, म र उ’को पोष्टरमा आमेष र नीतालाई मजाले छ । निर्देशक लक्ष्क्षु गौतमले निर्देशन गरेको यो चलचित्रको प्रदर्शन मिति बारम्बार सरेर मंसिर १७ सम्म आइपुगेको हो ।

यो चलचित्रको छायांकनको समयमा नै नीता र आमेषको प्रेम बसेको थियो । उनीहरु केहि बर्ष प्रेमको दुनियाँमा रमाए ।  प्रेम यात्रामा दौरानमा नीता र आमेष धेरैजसाे ठाउँमा एकैसाथ पुग्थे । आजबाट यी दुइ नजिक भएकाे चलचित्र रिलिज भएको छ । हाल  नीता र आमेष एकसाथ छैनन् । चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को रिलिजपछि यी दुइको प्रेममा समस्या अायाे ।

चलचित्रको प्रचारका क्रममा यी दुई सँगै देखिएनन् । यसबाट चलचित्रलाई घाटा लागेको छ । चलचित्रकी निर्देशक कलाकारले साथ नदिएको भन्दै पत्रकार सम्मेलनमा आक्रोशित भएकी थिर्इन् । nita-amesh1