उषासँग बिहे गरे ‘बान्द्रे’ले

हाँस्य कलाकार सुरज चापागाँई ‘बान्द्रे’ विवाह बन्धनमा बाँधिएका छन् । काठमाण्डौं चण्डोलकी उषा तिम्सिनासँग लगनगाँठो कसेका हुन् । ‘बान्द्रे विवाहपछि दुबै जना कला क्षेत्रमा सक्रिय हुने कुरा उनले गरे । एक वर्ष अघि कार्यक्रम प्रस्तुतिका लागि गोंगबुको एउटा स्कुलमा पुग्दा उनीहरुकाे पहिलो भेट भएको थियो । उषा त्यहि स्कुलको शिक्षिका थिइन् । पहिलो भेटमा उनीहरुकाे खासै बोलचाल भएन । ‘मैले साथीहरुलाई त्यो मिसको नम्बर लिनु है भनेको थिएँ’ उनले भने ।bandre

उनीहरु नियमित फोन सम्पर्कमा रहे। सुरजका अनुसार प्रेम छिप्पिन नपाउँदै विवाह भएको हो । ‘हाम्रो प्रेम कलिलै छ, एक वर्ष पनि भएको छैन’ सुरजले भने । भेटघाट बाक्लिँदै गएपछि दुबैले विवाह गरे । दुबै तर्फका परिवारले सहमति जनाएपछि विवाह भएको थियो । वुधबार बिहे बन्धनमा बाँधिएपछि सुरजले बिहिबार आफन्त र साथीभाइलाई बिहे भोज खुवाएका थिए ।