राप्रपाको कार्यक्रम रद्द गरेर बार उद्घाटनमा रेखा

काठमाडाै  । कलाकार अमित श्रेष्ठले बागबजारस्थित सीटी म्याक्स हल परिसरमा संचालनमा ल्याएको मेट्रो लन्ज बार उद्घाटन गर्न नायिका रेखा थापा गएकी छिन् । भर्खरै राप्रपा पार्टीमा प्रवेश गरेर चर्चामा रहेकी नायिका थापाले अमित आफ्नो परिवारको सदस्य जस्तो भएकाले उद्घाटनमा सहभागी भएको भनेकी छिन् । उनले अमितले चलचित्रमा जस्तै बारबाट पनि चर्चा पाओस् भन्दै शुभकामना पनि साे कार्यक्रममा दिर्इन्  ।

पोखरामा हुन लागेको राप्रपाको कार्यक्रम नै रद्द गरेर बार उद्घाटनमा आएको रेखाको भनाई थियो । करिब एक करोड लगानीमा यो बार संचालनमा आएको संचालको अमितले जानकारी दिएका छन् । कार्यक्रममा गोपाल कायस्थ, रीमा विश्वकर्मा, उत्तम केसी, लगायतका चलचित्रकर्मी गएका थिए ।