शाहरुखका छोरा र सैफ अलीकी छोरी एकसाथ डेब्यु गर्दै

एजेन्सी । बलिउड स्टारका सन्तानहरुले बाबुआमाको विडाे धान्ने क्रममा छन् । अहिले अभिनेता शाहरुख खानका छोरा तथा सैफ अलि खानकी छोरी एकैसाथ फिल्म इन्डस्ट्रीमा अाउँदैछिन् ।  निर्देशक छन् करण जौहरले । सैफ अली खानकी छोरी सारा अली खानलाई लिएर फिल्म बनाउने तयारी जौहरले पहिल्यै गरेका थिए । उक्त फिल्ममा ऋतिक रोशन नायक हुने चर्चा चलेको थियो  तर  शाहरुख खानका छोरा आर्यन उनको जोडी बन्ने लगभग पक्का भएको छ ।

हाल शाहरुख पुत्र आर्येन आफ्नो पढाईका सिलसिलामा लस एञ् जेलसमा छन् । उनी पढाई सकेर फर्केपछि मात्रै फिल्मको सुटिङ सुरु हुने वताइएकाे छ । त्यसो त आर्यनले फिल्म खेल्नका लागि आफ्नो तयारी सुरु गरिसकेका छन् । शाहरुले केही दिनअघि आफ्नो छोरालाई फिल्ममा इन्ट्री गराउन लागेको वताएका थिए । सैफ अलिकी छोरी सारा पनि बलिउडमा डेब्यूका लागि अभिनयको क्लास लिदैछिन् । आमा अमृताले आफ्नी छोरी अभिनय जानेपछि फिल्ममा कदम राख्ने बताएकी छिन् ।