भन्सालीको ‘पद्मावती’को सेटमा दुर्घटना, एकको मृत्यु

एजेन्सी। संजय लीला भन्सालीको चलचित्र ‘पद्मावती’ को सुटिङका क्रममा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सुटिङ चलिरहँदा ३४ वर्षका पेन्टरको मृत्यु भएको हो ।  पाँच फिट उचाइबाट लडेर उनको मृत्यु भएको समाचार छ ।

चलचित्रमा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूरको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई निकै महत्व दिएर हेरिएको छ । सुटिङ भइरहँदा सबैको ध्यान त्यतैतिर रहेका बेला मुकेश दकिया लड्दा टाउकोको ठोक्किएपछि लडेका थिए भने केही बेरपछि नै ज्यान गएको हो ।
घटना भएलगत्तै प्रहरीले अनुसन्धान थालेको छ ।