उस्तै नाम र अनुहार मिल्दा के भर्इराखेकाे छ अभिनेत्रीहरुलाई ?

काठमाडौं । अभिनेत्री बर्षा सिवाकोटी तथा बर्षा राउतको नाम र अनुहार धेरैलाई फरक लाग्दैन । आफ्नो नाम र अनुहार अरुसँग मिल्दा कस्तो लाग्छ भनेर हामीले केही समय अगाडि अभिनेत्री बर्षा राउतलाई सोध्दा उनीले त्यसको जवाफमा  आफूले काममा मात्रै ध्यान दिने र यस्ता कुराहरुले आफूलाई खासै असर नपर्ने बताएकी थिईन् । उनले आफूले कस्तो काम गरिरहेको छु म त्यसमा मात्रै ध्यान दिन्छु । अरुले के भन्छ म त्यसमा ध्यान दिन्न पनि भनेकी थिईन् ।

हालै मात्र बर्षा सिवाकोटीले पनि नाम जुधेर आफूलाई असर नभएको वताएकी छिन्। “दर्शकले दुवै जनाको काम देखिसक्नु भएको छ । मेरो भन्दा पनि बर्षाको काम देख्नु भएको छ । मैलै त अझै आफ्नो काम पर्दामा देखाउन पाएको छैन । बर्षाकोे कामलाई दर्शकले मन पराईसक्नु भएको छ । फेरि हामी दुवैजनालाई नै राम्रो–राम्रो प्रोजेक्ट नै हात परेको छ । त्यसले गर्दा पनि हाम्रो नाम र अनुहारको चर्चा भएको हो जस्तो लाग्छ । 

हाल यी दुवैजना सिनेमा मेरो पैसा खोईको तयारीमा जुटेका छन् । उनीहरुले मेरो पैसा खोईबाट पहिलो पटक पर्दा बाँड्दैछन् ।