‘पीके’को रेकर्ड तोड्दै ‘दंगल’ बन्यो सर्वाधिक कमाउने बलिउड फिल्म

एजेन्सी ।  नायक आमिर खानले दंगलबाट रेकर्ड तोडेका छन् । योसँगै, आमिर खान अभिनित चलचित्र ‘दंगल’ सर्वाधिक व्यापार गर्ने बलिउड चलचित्र बनेको छ । तेश्रो हप्ताको विकेन्डमा ३१.७९ करोडको व्यापार गर्दै चलचित्रले सर्वाधिक कमाउने बलिउड चलचित्रको रेकर्ड राख्न सफल भएकाे छ । आमिर खानकै ‘पीके’को नाममा यो रेकर्ड थियो ।

चलचित्रले तेश्रो हप्ताको आइतबारसम्म ३४५.३० करोडको व्यापार गरिसकेकाे छ । ‘पीके’को लाइफ टाइम कलेक्शन ३४०.८ करोड भारु  थियो । चलचित्रले तेश्रो हप्ताको शुक्रबार ६.६६, शनिबार १०.८० र आइतबार १४.३३ करोडको व्यापार गरेको हो । ३ हप्तासम्म कुनैपनि नयाँ चलचित्र रिलिज नभएका कारण पीकेलार्इ फार्इदा भएकाे हाे । उता क्रिसमस र नयाँ बर्षको बिदाका कारण पनि चलचित्रले यो व्यापार गरेको हो । चलचित्रको बिषयवस्तु शक्तिशाली भएका कारण पनि ब्यापारीरिक हिसाबले अगाडि अाएकाे हाे ।

सलमान खानको ‘सुल्तान र बजरंगी भाइजान’को रेकर्ड तोडेको थियो ।  यो चलचित्रले १७ दिनमा १ सय ७४ करोडको व्यापार गरिसकेको छ ।