२ रुपैयाँमा नै ‘२ रुपैयाँ’ हेरे दर्शकले

काठमाडाै । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘२ रुपैयाँ’ले  दर्शकलाइ हलसम्म तान्न एउटा नयाँ तरीका अपनाएकाे छ। यो चलचित्रको निर्माण कम्पनी जी टू वान पिक्चर्सले दर्शकलाइ २ रुपैयाँमा नै चलचित्र देखाएको हाे । बिहिबार काठमाण्डौ कुमारी हलमा २ रुपैयाँमा नै टिकट खरिद गर्ने प्रावधान पहिलो १०० जना दर्शकका लागि व्यवस्था मिलार्इएकाे थियाे । 

मध्यान्न १२ः३० को शोमा १०० जना दर्शकका लागि २ रुपैयाँमा नै चलचित्र हेर्ने व्यवस्था गरिएको हाे । चलचित्रका निर्देशक असिम शाहले चलचित्र निर्माणदेखि नै सोचेको यो योजना पूर्ण रुपमा सफल भएको वताएकाे छन् ।

२ रुपैयाँमा आफै चलचित्र हेर्न पाउनु आफैमा रमाइलो कुरा भएतापनि चलचित्र निकै मनोरञ्जनात्मक रहेको दर्शकले प्रतिक्रिया दिए । निश्चल बस्नेत, आसिफ शाह, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र देशभरका विभिन्न हलमा प्रदर्शन भइरहेकाे छ ।