गायिका मिलन अमात्यले गरिन् डिभोर्स, कारण- दीपक लिम्बुसँगको अफेयर !, उनकाे स्टाटसहित

जहिलेम्म संसारमा रहन्छन् घाम जुन तारा..तिम्रै प्रियसी म सदा…

यी जस्ता अनेकाै‌ं मीठो गीत गाएर चर्चामा आएकी गायिका मिलन अमात्य भने वास्तविकतामा अाफ्ना पतिसँग छुट्टिएकी छन्  ।

करीव ६ वर्षको वैवाहिक जीवन अन्त गर्दै मिलन र मेन्सनले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गरेका हुन् ।

केही दिनअघिमात्र नेपाल आइडलमा अतिथी कलाकारका रुपमा उपस्थित भएकी मिलन अमात्यले सहकर्मी गायक दिपक लिम्बुको प्रियसी बन्नका लागि मेन्सनसँगको सम्बन्धलाई बिराम दिएकाे वतार्इन्छ । मिलन तथा दिपक केही समयता प्रेम सम्बन्धमा रहेको चर्चा वजारमा छ ।

मिलनले आफ्नो व्यवसायिक जीवनमा मेन्सनले साथ नदिएको गुनासो गर्दै आएकी थिइन् । सांगीतिक यात्रालार्इ अगाडी बढाउन चाहेकाले समझदारीमै डिभोर्स गरेको मिलनले बताएकी छिन । उता मिलनले फेसबूकमा यस्ताे स्टाटस पाेष्ट गरेकी छन् ।

 

मेरो अनुरोध 🙏🙏

सम्पूर्ण शुभचिन्तक आफन्त मित्रहरु अनि संचारकर्मी मित्रहरु !
अहिले मेरो बारेमा बिभिन्न अनावश्यक बिषयहरु प्रकाशन हुँदै गरेको प्रती मेरो ध्यानाकर्षण भएको छ ।
म बिशुद्द नेपाली सँगीतको साधना र पूजा गर्ने तपाँईहरुको प्रिय गायिका हुन हरदम प्रयासरत सँगित साधक हुँ ।
अहिलेको मेरो पारिवारिक र ब्याग्तिगत कुराहरुको बारेमा म मिडियामा प्रचार गर्न चाहन्न । मेरो ब्यातिगत निजी कुराहरुको बारेमा मिडियामा कुरा गरेर हुने पनि केहि होईन ।

म पनि मान्छे नै हो, मेरो पनि आफ्नो निजी जिबन छ, परिवार छ अनि मेरो पनि मन छ र दु:ख पर्दा म पनि रुन्छु !

अहिले म आफ्नो निजी मामिलामा असहज अवस्थामा छु, मेरो बारे नकारात्मक कुराहरु लेखेर मलाई नराम्रो बनाउने कार्य नगर्न नगराउन मेरो हार्दिक अनुरोध !

अहिले सम्म आएका नकारात्मक कुराहरुका बारेमा कानुनी उपचारको लागी मेरो कानुनी सल्लाहकार टिमसँग सहकार्य हुँदै नै छ, यध्यपी म कसैलाई पनि नराम्रो होस भन्ने चाहाना राख्ने ब्यक्ती नभएको स्पष्ट पार्दै अहिले म आँफै असजिलो अवस्थामा रहेको बेला अझै चोट माथी चोट दिएर पिडित नबनाई दिन म सबै सँग बिन्ती गर्छु !🙏🙏

केहि समय मलाई कुनै पनि निजी बिषयमा केहि कुरा नगरिदिन र मलाई यो असजिलो समय देखी बाहिर ल्याउन/बाहिर आउन दिन सबैसँग हार्दिक बिनम्र अनुरोध गर्दछु ! 🙏

तपाँईहरुको गायिका 
मिलन नेवार