काठमाण्डौमा ‘अफ्रिका फिल्म फेस्टिभल’ सुरु

काठमाण्डौ । रसियन कल्चरल सेन्टरमा सोमबारबाट ‘छैटो नेपाल अफि्रका फिल्म फेस्टिभल-२०१७’ सुरु भएको छ । पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो महोत्सवको उद्घाटन गरेका छन् । सोमबारबाट सुरु भएको यो महोत्सव अाजसम्म चल्नेछ ।

कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नालिज्मद्धारा आयोजित फेस्टिभलमा कलेजकी प्रिन्सिपल एवं यस फेस्टिभलकी निर्देशक डा. मञ्जु मिश्रले अफ्रिकालाई अफ्रिकी लेन्सबाटै हेर्ने भन्ने उदेश्यले बिगत ६ वर्षदेखि आफुहरुले साे महोत्सब आयोजना गर्दै आएको बताएकी छन् । यस पटक अफ्रिकन महाद्धिप र युरोपबाट विभिन्न १५ जना चलचित्रकर्मी सहभागी भएको पनि निर्देशक मिश्रले जानकारी गरार्इन् ।

 

यसपालीकाे महोत्सबमा नौ वटा चलचित्र प्रदर्शनमा अाउनेछन् । त्यसमध्ये एउटा नेपाली र तथा अफ्रिकी मुलुकका छन् ।

महोत्सबको अन्तिम दिन अाज असोजमा युगान्डाको टोची मादुवा निर्देशित ‘फेटल डिस्टिनी’, रुवान्डाको मारिई निर्देशित ‘अ पिस फर माईसेल्फ’ र नेपालबाट रोशनी केसी निर्मित चलचित्र डा…खाते प्रदर्शनी गरिने वतार्इएकाे छ ।