बैकर्स एसोसियसनकाे अध्यक्षमा कृष्णराज लामिछाने र कोषाध्यक्षमा उपाध्याय निर्बाचित

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको नवौं साधारण सभाले अध्यक्षमा पुनः कृष्णराज लामिछानेलाई चयन गरेको छ । लामिछाने कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । शुक्रबार सम्पन्न साधारण सभाले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल डेभलपमेन्ट बैकर्स एसोसियसनको नवौ वार्षिक साधारण सभाले गीतकार तथा एपेक्स डेभलपमेन्ट बैकका प्रमुख कार्यकारी अधिक्रित गाेबिन्दप्रसाद उपाध्यायलाई कोषाध्यक्ष पदमा निर्बाचित गरेको छ । बिगत १५ बर्ष देखी बैन्किङ क्षेत्रमा सकृया उपाध्याय नेपाल गीतकार संघ को पनि कोषाध्यक्ष हुन्हुन्छ । गीत सङीतको क्षेत्रमा हाल सत्यता र सत्यता -२ नाम का एल्बम बजारमा ल्याउनु भएका उपाध्याय बैन्किङ क्षेत्रमा पनि उत्तिकै प्रख्यात  हुनुहुन्छ ।

एशोसिएसनको उपाध्यक्षमा साँग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राजेन्द्र प्रसाद पौडेल र साइन रेसुङ्गा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल चयन भएका छन् ।

त्यस्तै महासचिवमा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल गौतम, सचिवमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल  चयन भएका छन् । साधारणसभाले कार्यसमितिका सदस्यहरुमा सूर्य तिवारी, महेन्द्र अधिकारी, दिनेश कुमार पोखरेल, खिम बहादुर जिसी र रामशरण न्यौपानेलाई चयन गरेको छ ।