पुनर्निर्माणमा नेपाललाई सहयोग गर्छौ- मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबिच भेटवार्ता भएको छ। आज शनिबार भएको उक्त भेटवार्ताको पुष्टि भारतिय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले गरेका हुन।

भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बधाई तथा शुभकमना दिएको नरेन्द्र मोदीको अफिसले जनाएको छ। त्यस्तै सो भेटमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपालमा पछिल्लो पटक बिकसित राजनितिक घटना क्रमबारे प्रधानमन्त्री मोदीलाई जानकारी गराएको बताइएको छ।

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अभिबादन तथा शुभकामनाको संदेश दिएका छन। प्रचण्डका बिशेष दुतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री निधिले मोदीलाई जनकपुर, मुक्तिनाथ र लुम्बिनीको धार्मिक भ्रमणमा आउन निम्तो दिएका छन। जवाफमा मोदीले आफू उपयुक्त समयमा नेपाल भ्रमणमा आउने आश्वासन दिएका छन।

भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकार र भूकम्पपछीको पुननिर्माणमा पूर्ण साथ् दिने प्रतिबद्दता जनाएको बताइएको छ। साथै प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको समेत दिएका छन।

४५ मिनेटको भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदी सहित विदेश सचिव एस. जयशंकर, सुरक्षा सल्लाहकार अजित दोभल र नेपालका लागि भारतीय राजदुत रञ्जित राय रहेको उपस्तिथी थियो भने नेपालको तर्फबाट मन्त्री निधि र भारतका लागि कार्यवाहक राजदुत कृष्णप्रसाद ढकाल थिए ।