काठमाडौँमै केवलकारमा सरर…

तस्वीर, रश्मी महत

वलकार भन्ने बित्तिक्कै मनकामना मन्दिर भन्ने याद आउन सक्छ । यो टाढा भएकाले कतिपयले फोटो भिडियोमा हेरेर चित्त बुझाएका हुन्छन भने कतिपय एक/दुई पटक मात्र पुगेका हुन्छन । तर अब तपाइले काठमाडौँमै केवलकारको मज्जा लिन सक्नु हुन्छ  ।chandragori2chandragiri3chandragiri 4chandragiri 5

थानकोटस्थित चन्द्रागिरी डाँडामा केवलकर संचालनमा आएको हो । चन्द्रागिरी हिल्स प्रालिले अहिले बिहान ९ देखि अपराह्न ५ बजेसम्म मात्रै केबलकार सञ्चालनगरिरहेको छ । अस्ट्रियाको आधुनिक ‘डोपलमेयर’ कम्पनीबाट केबुलकार आयात गरी ३ अर्ब २५ करोडको लागतमा निर्माण गरिएको हो । केबुलकारको तल्लो स्टेसन ६ हेक्टर जमिनमा फैलिएको छ भने माथिल्लो स्टेसनका लागि सरकारसँग ३६ हेक्टर जमिन लिजमा लिएको छ ।

दैनिक १० हजारलाई चन्द्रागिरी पुर्‍याउने उद्देश्य प्रालिले लिएको छ । आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरी निर्माण गरेको केबुलकारबाट हाल दैनिक एक हजारले ओहोरदोहोर गरिरहेका छन् । एक यात्रुको दोहोरो सात सय भाडा छ । फाखेल, चित्लाङ, थानकोटलगायत क्षेत्रका स्थानीयवासी, अपांग र वृद्धवृद्धालाई २५ देखि ६० प्रतिशतसम्म छुट दिइएको छ ।

११ वटा पोल भएर थानकोटबाट चन्द्रागिरी पुग्ने केवुलकारको कुल लम्बाइ २.४ किलोमिटर हुनेछ । जसबाट आठ मिनेटमा चन्द्रागिरी डाँडो पुगिनेछ ।  ११ मध्ये एउटामा एउटा पोलदेखि अर्को पोलसम्मको दूरी नौसय मिटर छ । महालंगुर हिश्रृंखलादेखि अन्नपू्र्ण हिमश्रृंखालसम्म हेर्दै रिसोर्टमा बसेर मजा लिन सक्नेछन् । आकाश खुलेका बेला यहाँबाट हिमालदेखि तरार्इसम्म देखिन्छ ।

फनपार्क प्रालिको लगानीमा केबुलकार र भालेश्वर मन्दिरको निर्माण सम्पन्न भए पनि होटल र रेस्टुराँको निर्माण कार्य भने सकिएको छैन । प्रालिका महाप्रबन्धक अभिषेक शाहले होटल र रेस्टुराँको निर्माण सकिएलगत्तै पूर्ण रूपमा केवलकार सञ्चालनमा ल्याउँने बताए । शाहले केबलकारसँगै रक क्लाइम्बिङ, जिप फ्लायर, प्याराग्लाइडिङ र बुटिक होटल सञ्चालन गरिने बताए ।

प्रतिघण्टा एक हजार यात्रु आवत–जावत गर्ने क्षमता भएको केबुलकारको यात्रा निकै रोमान्चक हुने गरेको सर्वसाधारणले बताएका छन् । चन्द्रागिरीबाट राजधानी उपत्यकाको सहरी क्षेत्र, चित्लाङ्गको मनोरम दृश्यका साथै हिमालहरुको पनि दृश्य अबलोकन गर्न सकिन्छ । साथीभाई, पारिवारिक साथै डेटिङका लागि समेत यो क्षेत्र उपयुक्त थलोका रुपमा बिकसित हुँदैछ ।