डोनाल्ड ट्रम्प राजनीतिमा प्रबेश गरेको एक वर्षमा बने अमेरिकाको राष्ट्रपति

एजेन्सी । सन् २०१५ देखि राजनीतिमा प्रवेश गरेका खर्बपति डोनाल्ट ट्रम्प एक वर्षमा अ‍ेमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका छन् । उनी सन् २०१६ नोभेम्वर ९ मा राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन पार्टीबाट निर्वाचित भएका छन् ।  राष्ट्रपति पदका उम्मेदवार बनेदेखि चुनावी अभियानका बेला उनी बारम्बार विवादमा परेका थिए । तरपनि उनी अमेरिकाको ४५औं राष्ट्रपतिका रुपमा निर्वाचित हुन सफल भएका छन् । राजनीतिमा लामाे समय नरहेका उनी १ वर्षमैं अमेरिकाकाे  राष्ट्रपति बने ।

अमेरिकामा खर्बपति रूपमा परिचित डोनाल्ड ट्रम्प सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिए । सन् १९७१ देखि देशको धनाढ्यका रुपमा चिनिएका ट्रम्पले सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेर चर्चा कमाएका थिए । उनलाई सन् २०१६ मा फोब्र्स म्यागजिनले अमेरिकाकै सर्वाधिक धनीको सूचीमा राखेको थियो भने विश्वमा ३२४ औँ स्थानमा थिए । उनको कुल सम्पत्ति करिब ३.७ अर्ब डलर रहेको फोब्र्सले २०१६ मा अनुमान गरेको थियो ।

राष्ट्रपति हुनुअघि उनको परिचय रियल स्टेट व्यवसायी (जग्गा जमिनसम्बसन्धि काम गर्ने) टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रुपमा स्थापित थियो । कलेज पढ्दैदेखि उनी आफ्ना पिताले सञ्चालन गर्दै आएको रियल स्टेट व्यवसायमा संलग्न भए र सन् १९७३ देखि परिवारको व्यवसायको पूरा जिम्मेवारी  लिएका थिए । व्यापारिक घराना आफ्नो जिम्मामा आएपछि उनले आफ्ना सबै व्यवसायलाई ‘ट्रम्प अर्गनाइजेसन’का रुपमा सञ्चालन गरे ।
व्यवसायीक जीवनमा ट्रम्पका अनेकौँ कम्पनीहरु टाट समेत पल्टिएका थिए । ट्रम्पले जीवनभर र मादक पदार्थमा हात पनि नलगाएकाे सूचना छ । तर उनले पैसा कमाउन सन् २००६ मा आफ्नै कम्पनीमार्फत् “भोड्का” उत्पादन थालेका हुन् । उनका ठूला दाजु फ्रेड अत्याधिक मादक पदार्थ पिउने (जड्याँहा) भएकाले मदिराकै कारण निधन भएको थियो ।   जसका कारण उनले कहिल्यै मदिरा सेवन नगरेको बताइएको छ । तेह्र वर्षको उमेरमा सेनाको विद्यालयमा भर्ना भएका ट्रम्पले युनिभर्सटी अफ पेन्सिलभानियाबाट सन् १९६८ मा स्नातक सम्मकाे  अध्ययन  पूरा गरेका छन् ।