पाकिस्तानमा भयानक विमान दुर्घटना, चालक दलसहित ४५ बेपत्ता

एजेन्सी । पाकिस्तानमा पाँच चालक दलका सदस्यसहित ४० यात्रु सवार विमान दुर्घटनामा परेको छ । पाकिस्तान एयरको बिमान उत्तरी पाकिस्तानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उत्तरी सहर चित्रालबाट राजधानी इस्लामावादका लागि उडेको कि फ्लाइट पीके ६६१ विमान दुर्घटनामा परेको हो । स्थानीय समयअनुसार बिहान ३ बजेर ४० मिनेटमा उडेको उक्त विमान ४ बजेर १५ मिनेटमा सम्पर्कबाहिर गएको हो ।

साे विमान इस्लामावादबाट ७५ किलोमिटरको दूरीमा रहेको हेभालियनको करपाल गाउँमा दुर्घटना भएको पाकिस्तानी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यात्रुको अवस्थाबारे यो समाचार तयार पार्दासम्म कुनै खबर आएको छैन । घटनास्थलमा उद्धारकर्मी पुगेका छैनन् ।