चित्रबहादुरको डरलाग्दाे खुलासाः अब कि नेपाल रहेन, कि संघीयता रहेन

भक्तपुर, २६ पुस ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कि संघीयता रहने कि नेपाल रहने भनेका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको  कार्यक्रममा बोल्दै केसीले पहाड तथा तराइलाई टुक्र्याएर आफ्नो लामो समयदेखिको योजना संघीयता नेपालीको घाँटीमा जबरजस्ती भिराएर कालान्तरमा नेपाललाई भारतमा गाभ्ने योजना पुरा गर्न लागेकाले कि संघीयता रहने की नेपाल रहने अाफ्नाे डरलाग्दाे धारणा सार्वजनिक गरेका हुन् ।

प्रतिपक्षको विरोधका वीच संशोधन विधेयक टेबल गरेर संसदको मर्यादा विपरीत गएर विदेशीको आदेश पालना गर्न वर्तमान सरकारले संशोधन विधेयक टेबल गरी गाइजात्रा देखाएको पनि भने । भारतीय स्वार्थमा पुनःसंरचना गर्न सत्ताशीन दलहरु लागि परेको बताए । उनले कार्यक्रममा बाेल्दै महिनौं दिनसम्म पनि लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग अड्काएर राख्न मिल्ने तर सांसदहरुको तलब बढाउने काम दुई घण्टामै सक्नेहरुले भारतको आदेश नआएसम्म आफ्नो विवेकले काम नगर्ने पनि उनीले बताए ।

मधेशी मोर्चा आफ्नो विवकले भन्दा पनि भारतको आदेश पालना गर्ने तर्फ लागेको आरोप लगाउँदै  ‘पाँच नम्बर प्रदेशलाई टुक्राएर पहाड र तराईबीचको फाटो ल्याउने अनि अन्ततः भारतले कब्जामा लैजाने रणनीति भएको आरोप लगाए । नेपाली राजनीतिज्ञहरु विदेशी कुटनीतिज्ञहरुका अगाडि लम्पसार पर्ने रोगकै कारण नेपालको कुटनीतिक पक्ष कमजोर भएको र यसै कारण विदेशीहरुले नेपाललाई खेल्ने थलो बनाएको र हेप्ने प्रवृत्ति बढेको उनको भनाइ छ ।