विद्यार्थीका सवालहरु जुन रुपमा उठनुपर्ने थियो त्यो अहिले मौन

बामदेव अधिकारी, सह–महामन्त्री पदमा उमेदवारीsutudent leader
 नेपाल विद्यार्थी संघलाई मजबुत बनाउन उमेदवारी राजधानीको भृकुटीमण्डप यतिबेला नेपाल विद्यार्थी संघको चुनावी माहोलले झकिझकाउ छ । देशभरबाट आएका प्रतिनिधिहरु आफ्ना पक्षका नेताको माहोलका लागि लागिरहेका छन । अध्यक्ष, उपाध्यक्ष,महामन्त्री, सहमहामन्त्री जस्ता महत्वपुर्ण पदका लागि दुई दर्जन भन्दा बढी अनुहार मैदानमा छन । यसै मध्येका एक पद सह–महामन्त्री पदमा उमेदवारी घोषणा गरेका छन बामदेव अधिकारीले ।
शिक्षा क्षेत्रमाथीका बेथितिमाथी सालिन बामदेब जहिल्यै अगाडी आउने नाम हो । तर पदका लागि उनी कहिल्यै अघि सरेनन ।यतिबेला उनी देशभरका साथीहरुको आग्रह बमोजिम आफुले सह–महामन्त्रीका लागि उमेदवारी घोषणा गरेको बताउँछन । राजधानीको बाल्मिकि क्याम्पसलाई नेविसंघको अखडा क्याम्पसको रुपमा चिनाएका यी भद्र अनुहारले यतिबेला नेविसंघको सहमहाँमन्त्रीमा देशभरका विद्यार्थी प्रतिनिधि सँग मत माग्दै छन ।
प्रस्तुत छ उनै व्यक्तित्व बामदेब अधिकारीसँगको संक्षिप्त कुराकानी ,
जारी महाधिबेशनमा प्रतिनिधि बिवादका विषयहरु ब्यापक रुपमा आए नि तपाइ सह–महामन्त्रीको उमेदवार हुदै गर्दा यस विषयलाई कसरी लिनु भएको छ ?
पक्कै पनि देशभरबाट राजधानीमा साथीहरु आउनु अगाडी नै यस्ता विषयलाई समाधान गर्नु पर्ने थियो । बल्ल बल्ल हुन लागेको महाँधिबेशनको फुर्सदको समय नै यसका लागि काफि थियो तर त्यता तर्फ ध्यान दिइएन । अब जति सक्दो छिटो विवाद टुङ्गाएर देशभरका साथीहरुको उत्साहलाई मतदानमा लैजानु पर्छ । तपाइँ आशाबादी हुनुन्छ अझै पनि निर्वाचन नै हुन्छ भन्ने कुरामा ? हाम्रो माउ पार्टी नेपाली कांग्रेस जहिले पनि विधि र विधानको पक्षमा लडिरहने पार्टी हो । त्यसको एउटा सिपाही भएको नाताले हामी विद्यार्थीहरु पुर्ण रुपमा निर्वाचन हुन्छ नै भन्ने पक्षमा छौ । आशा छ नेतृत्व तहले विद्यार्थीको आशा माथी धोका दिने छैन ।
आकांक्षीहरु त ह्वात्तै बढे नी यसपाली ?
हो । निकै लामो समय पछि हाम्रो महाधिवेशन हुँदै गर्दा आकांक्षीहरु बढेकै हो । यसलाई अन्यथा लिनु भन्दा पनि सकरात्मक रुपमा लिंदै ब्यवस्थापन गर्न तर्फ ध्यान दिइनुपर्छ । जसले नेपाल विद्यार्थी संघलाई भोलिका दिनमा विभाजित हैन की एकताबद्ध रुपमा अगाडि लैजान सकोस ।
तपाइको उमेदवारी केका लागि महत्वपुर्ण मान्नुभएको छ ?
विद्यार्थी आन्दोलनका विगतका गतिविधि जस्ता थिए आगतमा त्यस्तो हुन सकेको छैन । हाम्रो संगठन हिजोका दिनमा भन्दा कमजोर हुदैछ । स्ववियु तर्फ ने हेर्ने हो भने पनि विगत जस्तो छैन । अनुशासनको सन्दर्भ उत्तिकै कमजोर छ । संगठन सुद्रिढिकरण को सवाल त्यस्तै छ । यी यावत विषय सँग मेरो उमेदवारी गाँसिएको छ ।
तपाइ्को विगतको राजनितिक गतिविधिहरु बताइदिनुस न ?
विद्यार्थी राजनीति मेरो धादिङ्गबाट सुरु भएको हो । म १० वर्ष धादिङ्गमा जिल्ला कार्य समिति सदस्य रहेर काम गरेको छु । धादिङ्ग काठमाण्डौ सम्पर्क समिति अध्यक्षको जिम्मेवारी, यस्तै वाल्मिकि क्याम्पसको इकाइ अध्यक्ष हँुदै नेपाल संस्कृत विश्वविद्यालयको अध्यक्षमा समेत रहेर काम गरिसकेको छु । अब सबै साथीहरुको मतको अपेक्षा सहित नेपाल विद्यार्थी संघको सह–महाँमन्त्रीको उमेदवारको रुपमा आफुलाई उभ्याएको छु ।
तपाइलाई नै सह–महामन्त्रीमा भोट किन ?
यो प्रश्न को जवाफ मैले माथीको प्रश्नमा नै भनिसके जस्तो लाग्छ । वास्तवमा हामी भित्र रहेका कमीकमजोरी बेथिति लाई सुधार गर्दै नेविसंघलाई तन्दुरुस्त बनाउनका लागि मैले विद्यार्थी साथीहरुसँग मत मागेको हुँ । सम्पुर्ण जनताको विश्वास रहेको पुरानो पार्टीको खम्वा भनेको नेपाल विद्यार्थी संघ नै हो । यसका लागि हामीले संगठनलाई नै पहिला मजबुत बनाउनु पर्छ । अर्को महत्वपुर्ण कुरा विद्यार्थीका सवालहरु जुन रुपमा उठनु पर्ने थियो त्यो अहिले मौन छ । यस्ता यावत प्रश्नलाई चिर्न मैले उमेदवारी घोषणा गरेको हुँ । साथीहरु सँग यसैका लागि भोट माग्दै छु ।