नेतृत्व कमजोर भयो भने विद्यार्थी आन्दोलन दिशाहिन हुनेछ

प्रेम जोशीprem joshi
सिद्धनाथ विज्ञान क्याम्पसबाट नेपाल विद्यार्थी संघको राजनीतिक यात्रा सुरु गरेका चर्चित विद्यार्थी अनुहार हुन प्रेम जोशी । त्रिचन्द्र क्याम्पसमा स्ववियू सदस्य, नेविसंघ इकाई पूर्व सचिव हुदै वि.पी फाउन्डेसनका अध्यक्ष समेतमा महत्वपुर्ण भुमिका निर्वाह गरेका उनी हाल त्रिभुवन विश्व विद्यालय अन्तर्गत अन्तराष्टिय सम्बन्ध विषयमा स्नातकोत्तर गर्दै छन । जारी एघारौं महाधिवेशनका यात्रामा सह–महामन्त्री पदका लागि उपत्यकाबाट उम्मेदवारी दिएका उनी भृकुटीमण्डपमा आएका देशभरका विद्यार्थी माझ आफ्ना चुनावी एजेण्डा प्रस्तुत गर्दै हिडिरहेका छन ।
प्रस्तुत छ उनै व्यक्तित्व सँगको कुराकानी ः
करिब एक दशकपछि प्रजातान्त्रिक पार्टीको भातृसँगठनको महाधिवेशन भइरहेको छ, तपाईलाई कस्तो लागिरहेको छ ?
हो स्वभाविक रुपमा जुन समयमा नेतृत्व परिवर्तन हुनु पर्ने थियो त्यो अवस्था पक्कै भएन । एटा प्रजातान्त्रिक संगठनमा यस्तो हुनु पक्कै पनि गलत हो । प्रजातान्त्रिक सँगठनको महाधिवेशन ठिक समयमा हुनु पर्ने हो, त्यो हुन सकेन । एकदम उमेर खाइसकेका पार्टीलाई देशलाई योगदान पु¥याउनु पर्ने उमेर समूहका नेताहरु अहिले नेविसंघको प्रतिस्पर्धामा छन् । अहिले आशा जागेको छ की चुनावी सही नेतृत्व आउने छ । आम नेपाल विद्यार्थी संघका नेता कार्यकर्तामा यो चुनाव हुने छ र यसले सही नेतृत्व ल्याउने छ भन्ने विश्वास जागेको छ ।
विद्यार्थी आन्दोलन दिशाबिहिन बनेको अवस्था छ नि हैन ? पहिलो कुरा त विद्यार्थी संगठनहरुमा बेमेल छ , अस्वस्थ प्रतिस्पर्धा छ । माउ पार्टीको सिद्धान्त र आदेशलाई अक्षरस पालना गर्नु पर्ने परिपाटी छ । त्यसले गर्दा विद्यार्थी आन्दोलन दिशाबिहिन बनेको हो । विद्यार्थीका आफ्ना एजेण्डा के हुन र विद्यार्थी आन्दोलन अब कता जानु पर्छ भन्ने कुराको वर्तमान नेतृत्वसंग विचरणीय जवाफ छैन । आदेश पालकलाई संगठनको नेतृत्वमा ल्याएर लामो समयदेखि तदर्थवादमा चलेको अवस्था देखियो । यस्ता कारणहरुले गर्दा एउटा संगठनको नेतृत्व मात्रै कमजोर भयो भने समग्र विद्यार्थी आन्दोलन नै दिशा गुमाउछ । तसर्थ संगठनभित्र स्वस्थ निर्वाचन प्रक्रियाबाट आउने नेतृत्वले सहि दिशा र एजेण्डा ल्याई विद्यार्थी आन्दोलनलाई हाँक्न सक्छ, भन्ने मलाई लागेको छ ।
नेविसंघमा उमेदवार बन्न र पदमा पुग्नका लागि ठुला नेताको आर्शिवाद चाहिन्छ भन्छन नि ?
म यो कुरामा सहमत छैन, किनकी विद्यार्थीको नेता विद्यार्थीले नै चुन्ने हो । जव इलेक्सन नभई सेलेक्सन हुन्छ, त्यसमा पो आर्शिवाद चाहियो । हामी त समग्र चुनावको माग गरिहेका छौ । चुनाव भयो भने प्रजातान्त्रिक प्रक्रियाबाट विद्यार्थीबीचको पपुलर मान्छे पदमा पुग्छ । तर विगत समयमा के भयो भने संगठनको स्वभाविक नेतृत्वलाई रोक्नका लागि तत्कालिन पार्टी नेतृत्वले तदर्थवादमा लादेको हुनाले त्यो केही समयका लागि भ्रम हो । चुनाव भयो भने नेताको आर्शिवाद होइन विद्यार्थीको माया चाहिन्छ ।
अहिले नेविसंघ भित्र गुट उपगुटका उम्मेदवार देखिदै छन नि ?
यसलाई मैले स्वभाविक रुपमा लिने गरेको छु । एउटा प्रजातान्त्रिक पार्टी भित्र गुट हुनु र स्वस्थ प्रतिस्पर्धा हुनु स्वभाविक हो । यस्ले प्रतिस्पर्धात्मक नेतृत्व जन्माउँछ । यो कुरा राम्रो पनि हो । हामी कहाँ देखिएको कस्तो छ भने एउटा ब्यक्तिको नाममा गुँट हुने तर बिचार नै थाहा छैन, एजेण्डा थाहा छैन मात्र ब्यक्तिका नाममा हुने गुटले दुर्घटना निम्त्याउँछ । चाहे त्यो संगठन भित्र होस् वा संगठन बाहिर नै । गुट उपगुट जुन देखिएका छन् ति केवल पद प्राप्तीका लागि मात्र छन् । त्यसैले त्यस्ता गुट उपगुुटहरु लामो समय टिक्छन जस्तो मलाई लाग्दैन ।
तपाइँको उमेदवारी चाँही किन त ?
नेपाल बिद्यार्थी संघ भनेको बिद्यार्थीहरुको संगठन हो । म अहिले त्रि।बि।को अन्तर्राष्ट्रीय सम्बन्ध बिषयमा स्नातकोत्तरमा अध्ययनरत छु । म जस्ता बिद्यार्थीहरु जो कलेजमा अध्ययन गरी रहेका छन् उनीहरुको लागि मेरो उम्मेदवारी हो । मसंग चुनावी एजेण्डा मात्र होइन कार्यान्वयन गर्न सक्ने क्षमता पनि छ भन्ने कुरा मेरो बिगतले पनि जनाउँछ । बिद्यार्थीहरुले आफ्नो नेतृत्व आफैं छान्न पाउनु पर्छ अधिकारको सुनिश्चित गराउन, स्व।वियु निर्वाचनमा ने वि संघलाई जिताउन, बिद्यार्थी संगठनहरुलाई पार्टीको सिन्डिकेटबाट मुक्त गराउन अहिलेका बिद्यार्थीहरु संगठनहरु प्रतिक्रियात्मक जस्ता देखिन्छन् त्यो मात्र नभई सुझाव, सल्लाह, अनुसन्धान, संगठनलाई आधुनिकिरण र संगठनलाई प्रादेशिक संरचनामा लैजानका लागि मेरो उम्मेदवारी हो ।
नेबिसंघका कारण स्ववियू निर्वाचन हुन सकेको छैन भन्ने आरोप छ नि त ?
वास्तवमा, विश्वविद्यालयको नेतृत्व स्ववियुले लिने गर्दथ्यो । पछिल्लो समय विद्यार्थीको नेतृत्वलाई पाखालगाउन विश्वविद्यालयमा राजनीतिक नियुक्ति सुरु भयो । त्यसपछि विश्वविद्यालयको नेतृत्व राजनीतिक नियुक्तिवालाहरुले गर्न थाले, जब विद्यार्थीको स्ववियु हुन्छ त्यसपछि त विश्वविद्यालयको नेतृत्वले गर्नु पर्छ । तसर्थ आफ्नो हावि राखि राख्नका लागि राजनीतिक नियुक्तिवालाहरुले स्ववियु हुन दिएनन । त्यमा कुनै विद्यार्थी संगठनको दोष छैन । त्यसमा शैक्षिक माफियाहरुको पनि ठुलो हात छ । त्यसलाई रोक्न विश्वविद्यालयमा राजनीतिक नियुक्ति तत्काल बन्द गर्नु पर्दछ ।
तपाई अन्तराष्ट्रिय सम्बन्धको विद्यार्थी पनि भएको नाताले अहिले नेपालमा चलिरहेको राष्ट्रवादको बहसलाई कसरी लिनुभएको छ नि ?
पहिलो कुरा छिमेकि परिवर्तन गर्न सकिदैन , मित्र परिवर्तन गर्न सकिन्छ । हामी बाध्यतामा छौ तिन तिर बाट भारतले घेरेको छ भने एक तिर बाट चिनले । दुई ठुला देशहरुको विचमा हामी छौं । नेपालले राष्ट्रियता र सार्वभौमिकता बचाउन चर्को राष्ट्रवाद पनि होइन । यस्को बीचबाट बहस चलाउनु उपयुक्त हो । अन्त्यमा महाँधिवेशनमा सहभागि र आउने नेतृत्वलाई नियाल्दै गरेका आम बिद्यार्थीहरुलाई के भन्न चाहानु हुन्छ ? देशको बिभिन्न जिल्ला र क्याम्पसबाट साथै बिभिन्न देशबाट नेपाल बिद्यार्थी संघमा भाग लिन आउनु भएका सम्पूर्ण प्रतिनिधी साथीहरुलाई स्वागत गर्न चाहन्छु । अधिवेशनको सफलताको कामना गर्दछु । पार्टी नेतृत्वले आफ्नो मान्छेलाई मात्र भातृ संगठनमा खोज्दा उस्का प्रजातान्त्रिक चक्रहरु बिथोलिएका छन । नेपाली कांग्रेस आदर्श, मुल्य मान्यता आलोचनात्मक बहसले मात्र जीवन्त बनाउन सकिन्छ । यहि जित्नका लागि मेरो उम्मेदवारी हो । उपत्यकाबाट सह महामन्त्रीको उम्मेदवार म छु । मेरा एजेण्डाहरुमा सहयोग गर्नु हुनेछ भन्ने आशाका साथ सबै प्रतिनिधीहरुबाट भोटको अपेक्षा गरेको छु ।