तरुण युवालाई सृजनशिल वातावरण आवश्यक : नविन सिंह महामन्त्रिका उमेदवार

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको चौंथो महाधिवेशन पोखरामा सुरु भएको छ । चुनावी चटारोमा आ आफ्नो उमेदवारी घोषणा गर्ने र प्रचार प्रसारमा सक्रिय हुनेहरु बढिरहेका बेला पर्सा बिरगंजका नविन सिंहले महामन्त्रि पदका लागि आफ्नो उमेदवारी घोषणा गरेका छन । चिरपरिचित अनुहार नविन आफ्नो उमेदवारी समग्र साथीहरुको सल्लाह बमोजिम भएको बताउँछन ।

तपाइँको राजनीतिक यात्रा बारे बताइदिनुस न ?

मेरो राजनीतिक यात्रा विरगंजको ठाकुराम क्याम्पसबाट विद्यार्थी राजनीतिका मार्फत सुरु भएको हो । मैले उक्त क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाइ कमिटी सदस्य,इकाइ अध्यक्ष,स्ववियु सभापति हुदैं जिल्ला सचिव सम्मको भूमिका निर्वाह गरेका छु । २०६२÷६३ को जन आन्दोलन को ताका तीन महिना जेल जिवन बिताउँदा मलाई राजनीतिक रुपमा झनै उर्जा मिल्यो । त्यसयता नेपाली कांग्रेसको निर्वाचित जिल्ला सदस्य समेत भएर काम गरें । नेपााली कांग्रेसको गढ मानिने बिरगजमा कांग्रेसको छविलाई जोगाइ रहन मैले सुरुवात देखि कुनै कसर बाँकी राखेको छैन ।

विद्यार्थी राजनीति र युवा तरुणको राजनीतिमा के फरक देख्नु भएको छ ?

विद्यार्थी राजनीतिबाट धेरै अनुभव बटुलेर वर्तमान केन्द्रिय समितको सदस्य पदमा रहेर काम गरें । यस अवधिमा परिपक्वताको धेरै अनुभव भएको छ । त्यहि विद्यार्थी पढाइ सकेर जागिर पाउँन झोलामा सर्टिफिकेट बोकेर निराश भएर बस्नु पर्ने अवस्था छ । युवाको नेतृत्व गर्दे गर्दा अब हामी त्यता चुक्नु हुँदैन भन्ने महसुस भएको छ ।

तरुणदल प्रति नकरात्मक टिका टिप्पणी पनि सुनिन्छ नि ?

तरुणदल गुण्डा र अराजक जमातको संगठन हो भन्ने गलत बुझाइ आम मानिसमा केहि गलत तत्वले फैलाएका छन । त्यस्ता गलत भनाइलाई झनै गलत सावित गर्न अबको नेतृत्व अडिग हुनु पर्छ । मैले त्यता तर्फ सोचेर नै उमेदवारी घोषणा गरेको छु । अबको नेतृत्वले युवालाई सृजनशिलता सँग जोड्नु पर्छ । रोजगारमुखी बनाउन अबको नेतृत्व चुक्नु हुँदैन । देश छोडेर विदेश पलायन भएका र हुने तरखरमा रहेका आम युवा तरुणका विषयमा समेत स्वदेशमा रोजगार सिर्जना गर्न सक्ने विषयमा गम्भिर हुनु पर्छ ।

तपाइँ महाँमन्त्रीको उमेदवार बन्दै गर्दा बलिया एजेण्डा के छन ?

मैले अगाडि नै भनिसकेको छु, तरुणदल गुण्डा र अराजक जमातको संगठन हो भन्ने गलत बुझाइ आम मानिसमा केहि गलत तत्वले फैलाएका छन । त्यस्ता गलत भनाइलाई झनै गलत सावित गर्न अबको नेतृत्व अडिग हुनु पर्छ । मैले त्यता तर्फ सोचेर नै उमेदवारी घोषणा गरेको छु । अबको नेतृत्वले देश छोडेर विदेश पलायन भएका र हुने तरखरमा रहेका आम युवा तरुणका विषयमा समेत स्वदेशमा रोजगार सिर्जना गर्न सक्ने विषयमा गम्भिर हुनु पर्छ । हिजो को जस्तो अवस्था थियो अब त्यस्तो राजनीति चल्दैन । अबको तरुणदललाई सृजनशिल बनाउन मेरो हर प्रयास रहनेछ । उत्पादन सँग यूवालाई जोड्न मेरो भूमिका देखाउने छु । गलतबाटो लिने छैन । माउपार्टीलाई समेत हाम्रो सकरात्मक भूमिकाको आवश्यकता छ त्यता तर्फ पनि ध्यान दिनु पर्छ ।

प्रत्येक संगठन गुटले ध्वस्त भएको बेला सकिन्छ भनेको जस्तो काम गर्न ?

यहाँले भन्नु भएको कुरा जायज हो, नकार्न सकिदैन । लोकतन्त्रमा संगठन भित्र बहस हुनु पनि सामान्य नै हो । तर अब हामिले एजेण्डा लाई केन्द्रमा राखेर काम गर्ने हो । को कुन गुटको भनेर हेर्ने होइन । अब हिजोको जस्तो चकलेटी राजनीतिको भविष्य छैन । अब देशभरका साथीहरुको भावना के हो भन्ने नसोच्ने हो भने र नबुझ्ने हो भने काम गर्न गाह्रो हुने हो ।त्यतातिर ध्यान दिन सकियो भने कुनै पनि काम गर्नु गाह्रो हुँदैन ।

अन्त्यमा पोखरा पुगेका तपाइँका मतदाता युवा साथीहरुलाई के भन्न चाहनुहुन्छ ?

मेरा मुद्धालाई हेरि दिनुस । तपाइको प्रत्येक मतमा विवेकको प्रयोग गर्नुस । संगठनका खातिर कुन उमेदवार कुन पदका लागि योग्य छ भन्ने सही मुल्यांकन गरिदिनुस । तपाइँको मत मेरो एजेण सँग मिल्यो भने एक मत हालिदिनुस । अन्तिम फैसला तपाइँको एक एक मत बाटै हुने हो । त्यसमा म देशभरका साथीहरुको विश्वास र हौसलाले मैदानमा उत्रिएको छु ।