बुढा बा (लघुकथा)

एक जना बुढा बा आफ्नो नातिको सहारा लिएर सहरको एउटा सरकारी अस्पतालमा पुगे । केही बेरको लाइनपछि उनको पालो आयो ।

डा साबले आफ्नो सामुन्नेको कुर्चीमा बस्न अनुरोध गर्दै सोधे – ” ल भन्नुस बा, कति वर्ष हुनु भयो अनि हजुरलाई के के भयो ?

“चार बीस नाघेको परारै हो डा साब, आँखा देख्न छाडिसकेँ ।

“ल यसको लागि आँखा जचाएर चस्मा लगाउदा ठिक हुन्छ ” अनि डा साब, रातभर घुडा करकर खाएर सुत्नै पाउन्न”

“ल हुन्छ म दवाइ लेखिदिन्छु, नियमित सेवन गरेपछि ठिक भै हाल्छ नि ” उनी निकै खुशी देखिए अनि फेरि भने ” डा साब म गाउँको मान्छे,उकालो ओरालो हिडिरहनु पर्छ, पहिला जस्तो हिड्न डुल्न सक्दिन । स्याँ स्याँ भएर सास फुल्छ । यसको पनि दवाइ लेखिदिनुस न है ।”