तीनकृतिको एकसाथ विमोचन

काठमाडौँ । शब्दार्थ प्रकाशनको १२ औँ वर्ष प्रवेशको उपलक्ष्यमा साहित्यकार विनयकुमार शर्मा नेपालद्वारा लिखित २ कृतिहरु पुनरावृत्ति निबन्धसङ्ग्रह, मृत्युबोध कविता सङ्ग्रह तथा विनोदकुमार श्रेष्ठ को द स्प्रिङ लभ उपन्यास प्रज्ञा प्रतिष्ठानमा एकैसाथ विमोचन गरिए । स्रष्टाको पुस्तक स्रष्टाबाटै भन्ने अभियानका साथ विहिबार ती कृतिहरु विमोचन गरिएका हुन् ।

उक्त अवसरमा प्रा.डा. कृष्ण प्रसाद दाहालले दर्शनको खुडकिला टेकेर विचारको तुलनात्मक तर्र्क गर्दै बौद्धिकतामा पुनरावृत्तिले नयाँ बहस ल्याएको बताउनुभयो । अर्का साहित्यकार डा.रामप्रसाद ज्ञवालीले मृत्युबोध भित्र जीवनबोधको शृङ्खला संयोजन दार्शनिक तरिकाले उत्कृष्ट शैलीमा बुनिएको र प्रशस्त बौद्धिक खुराक रहेको बताउनुभयो ।

डा. लेख प्रसाद निरौलाले शरीरले स्पाइनर कर्ड इन्जुरी भएर कम्मर तलको भाग नचले पनि दिमागले सशक्त उपन्यास लेखेकोमा लेखक श्रेष्ठको सह्राना गर्नुभयो । साहित्यका पारखिका लागि यी कृतिहरु संग्रहणिय रहेको शब्दार्थ प्रकाशनले जनाएको छ ।