आमाको आँखामा आँसु (गजल)

(नवराज बुढा ‘नवीन उदासी’)

आमाको आँखामा आँसु, झारिन्छन कतिञ्जेल ?
बिदेशमा नेपालीहरू सधै, मारिन्छन कतिञ्जेल ?

पलायन रोकिएन स्वदेशमै रोजगारी भएन भने,
दलालीबाट अँझै अलपत्र, पारिन्छन कतिञ्जेल ?

पैसाको मुठा हुन्छ भनी, राम्रो कमाई हुन्छ भनी,
चेलिबेटिलाई समुद्रापारी, तारिन्छन कतिञ्जेल ?

गाउँघर सबै शुन्य बनाई युवा जति मुग्लान तिर,
विवशतावले युवाशक्तिहरू, सारिन्छन कतिञ्जेल?

बिना कामका पार्टी नेताहरू सोचिएन भने बेलैमा,
विकासको बाटोमा अँझैपछि, हारिन्छन कतिञ्जेल ?