बागमा डुल्दा मजा हुन्छ (गजल)

कल्पनाको सुन्दर बागमा डुल्दा मजा हुन्छ,
मदिराको मादमा तिमी भुल्दा मजा हुन्छ ।

आरोप हैन, यो त प्रिये ! उपहार हो तिम्रो,
पानीमा नुन घुले सरि घुल्दा मजा हुन्छ ।

रमितेले जस्तो देखून्, जे जे भन्छन् भनून्,
रोटे पिङमा झुले सरि झुल्दा मजा हुन्छ ।

गमलामा फुल्ने फुल धेरै देखेँ मैले,
मलाई त प्यालाभित्र फुल्दा मजा हुन्छ ।

बढी पिएपछि नसा बढी भएपछि,
शरदको जुन खुले जस्तै खुल्दा मजा हुन्छ ।