बाध्यताको बिछोड (कथा)

मलाई नेपाल हुदाँ यस्तो भएको पनि थिएन र हुने पनि थिएन किन थाहा छ , त्यो आफ्नो ठाउँ थियो , आफ्नै छुट्टै अनि मायाको प्रीत विसाउने ठाँउ ,अनि मायामा दुवै जना लिप्त भई हराउने ठाउँ ।यसो भनेर मैले तिम्लाई म यु यास. आएकोमा गुनासो पोखन खोजेको भने होइन ।तिमी पनि आउछेउ नि हो म त्यही दिन कुरेर बसिरहेको छु । खासमा माया यस्तै हुन्छ अनि म युस आएको तिम्ले गर्दा नै हो , सवैको सपना बनेर रहेको युस किन किन मेरा लागि कहिल्यै वनेन मात्र मायाको हित्सा पकडन म आएको जस्तो लाग्छ । म त्यही रमाएको थिए मैले आफ्नो करिएर त्यहि देखेको थिए र सम्बन्धमा रहि सकेपछी आफ्नोमात्रै चहानाले केही हुदोरहेनछ ।यो विरानो मुलुक, मरिमेटि काम गर्ने अनि पैसा कमाउने अनि त्यही पैसाले ऐस आराम अनि सबैले भन्ने गरेको स्ट्यान्डर्ड लाईफ यस्तो पो रहेछ ।साला के छ र यहाँ कहिलेकाहीँ त आफैलाई विरक्त लाग्छ के खाल्को केटीसंग माया गरेर म यहाँ सम्म आईपुगे आफ्नो घर आफ्नो सन्सार जस्तो भए पनि आफ्नै थियो ।न यहाँ आफ्ना न आफ्नो वनाएर कोहि वन्दिने वेसाहाराको सहर !

एक्लो फिल के कान्छू ,म दुई चार दिन घर गएको बेला त तिमिले कहिले आउछौ राजे भन्दै वारवार फोन मेसेज गर्थेउ । म त यो कहाँ हो कहाँ छु जसरी भए पनि पठायौ है मलाई, आफुले भने जस्तो भए पछि त अरु के चाहियो र तिमिलाई, माया गर्ने मान्छे पनि भैहाल्यो अरु के के !

लाईफ त केटीहरुकै हो के जे भन्यो जस्तो चाह्यो पूरा गर्यो ।युस आए देखि म धेरै बाहिर निस्केकै छैन काममा गयो रुममा आयो खाजा खाना उहीँ रेडिमेट स्याण्ड वुइच अनि हतारमा त्यही पनि हुदैन पकडी हाल्यो कलेज! कहिलेबोर लाग्यो भने, के बोर लाग्यो भने,भन्नू ; सधै बोर हो जेके तान्यो सल्कायो बढी तिम्रो याद आयो भने आरके ल्याईएला अनि तेहि लाईएला न सितन चाहिनु पर्ने न कोहि साथी एहि मजा छ यहाँ अरु के हुन्थ्यो र ! अति नै माया गर्थेयौ कया कान्छु तिमिले त्यही माया गर्ने मुहार्ले जित्यो मलाई अनि म हारेर यहाँ सम्म डोर्याइए !

रमाईलो थियो शन्खमुल देखि वानेश्वरसम्म्को यात्रा अनि विन्दुको केन्द्र थियो कहिले वानेश्वर चोक अनि कहिले युयान पार्क ! मलाई लाग्दैन हामी कहिले यसरी लामो समय सम्म छुटेका थियौ भनेर त्यही हो दशै अनि तिहारको वेला ,घरमा सबै जना भएपछि त त्यतिकै घुलिदो रहेछ अनि हतार यसरी पो हुन्थ्यो भेटेपछी छुटेदेखी भएका सबै कुराहरु सुनाउनलाई ! कहाँ आउदोरहेछ यति लामो समय सम्म, याद भनेको यहीँ ;मेरो वन्न नसकेको सपनाको देशमा जहाँ तिमिले केही वर्ष त हो राजे अनि हामी सङ नजिक हुनलाई फेसबुक, स्काईप पनि त छ्दै छ भन्दै मन थामेर पठाएकी थियौ ।

तिमिले आफुसङै हिड्ने वानी पारेकी थियौ जहाँ जादाँ पनि भनौ न अझ जिरा किन्दा होस या असनमा लुगा किन्दा नै किन नहोस हेर्दै फेर्दै राजे यो सुहायो खुबै मिस गरिरहेको छु त्यो पल कान्छू !हरेक साझं तिमी मध्य बानेश्वर बाट अनि म शंन्खमुल वाट बानेश्वर चोक आईपुग्थ्यौ अनि लानु पर्ने चिज के छ तरकारी किनेर हात समाउदै कहिले म तिम्रो कोठा सम्म पुग्थे अनि कहिले त्यही बाट फिर्थे ।अनि तिमी एका विहानै मैले खायो खाएन पकायो पकाएन कोठामै आउथ्यौ कोठा पुरै फोहर हुन्थ्यो ,गनगन गर्थ्यौ हेर त अहिले सम्म सुतेर कोठा यस्तो फोहोर भन्दै तन्ना झार्दिदै आफ्नै बुढीले गर्ने माया जस्तै गर्थ्यौ नगर्नु पनि किन सारा जीवन सारा अस्तित्व नै सुम्पेका थियौ एकअर्काले!

मैले तिमिलाई तिमिले तरकारी केलाउदाँ देखि खाना नपस्किदा सम्म हेरिरहन्थे तिमिले गरेका हरेक कृयाकलापमा मेरो उतिकै ध्यान जान्थ्यो मानौ न श्रीमती अनि श्रीमान् संगै भए जस्तो लाग्थ्यो नलागोस पनि कसरी एउटा श्रीमान्ले निभाउनु पर्ने हर चिज निभाएको थिए । तिमिले जति जे भने पनि जति कराए पनि त्यो भन्दा बढी मलाई माया गरे जस्तो लाग्थ्यो अनि त म यहाँ सम्म पुल्चोकको ईन्जिनियरिङ छोडेर आईपुगे !

बा आमाले त मेरो खुसिको लागि जे पनि गर्न तयार थिए नगरुन पनि किन कान्छो छोरो थिए, ठुल्दाई अधिकृत भाउजू नर्स लाईफ त उहाँहरुको थियो ट्क्क जागिर, दुबैजनाको आउनुहुन्थ्यो घर कहिलेकाहीँ, आको बेला खुसि पार्नुहुन्थ्यो सबैजनालाई ।मैले पनि सोचेको थिए टक्क ईन्जिनियरिङ भ्याईन्छ अनि जब गर्दै त्यति बेला सम्म तिम्रो पनि बिएसी सिदिन्छ अनि बाहिर जाने भए पनि विहे गरेर दुबै जना संगै जान्थ्यौ त्यहाँ पो हुन्थ्यो मजा अनि आफुले सोचे जस्तो हुन्थ्यो मैले पनि पढ्न पाईहाल्थे ! कहाँ हुन्छ र यार सोचेजस्तो कसैलाई नपरेको डिभी मलाई नै पर्नु पर्ने आफैले भर्दिएकी थियौ है डिभी पनि बानेश्वरको एभरेष्ट फोटो स्टुडियो बाट त्यो साझँ याद छ कान्छू मैले भैगो छोड्देउ यार यति लामो लाईन यो भरेर पनि केही हुनेहैन मलाई पर्ने कुनै सन्कोच थिएन भर्नु कुनै मतलब पनि थिएन ,बरु त्यति बेला स्योर पर्छ भनेर भरेको भए पर्दैनथियो कि !

लेटर पनि उसैले राखेकी थिई ।डिभिको रिजल्ट आएपछि एकाबिहानै सरप्राईज छ युयान पार्क आउन भनेपछी,आईपुग्दा लेटर देखाएपछी पो थाहाँ पाए एकैछिन भए पनि खुशी देखिए हासो देखियो ओठ्मा अनि झट्ट पट्ट घर फोन हानेर सुनाए अनि त गाउँ भरी फैलियो कुरा ! फ्लिम जस्तो लागिराथ्यो त्यो बेला निकै खुसी थियौ तिमी त्यति बेला ! कहिले सुराल कुर्था नलगाउने मान्छेले त्यो बेला लगाएर आएकिथियौ ,याद छ कलेजी रङ्को कुर्था अनि त्यो चुन्नी ह्स्याङ फस्याङ गर्दै आईपुगेकी थियौ ! बिस्तारै सेगेण्ड लेटर पनि आईपुग्यो बिचमै हराएको भए पनि हुन्थ्यो नि ! सेगेण्ड लेटर आए संगै मेरा चहाना अनि मेरो करिएर धरापमा पर्दै थियो कहिले काहीँ त कस्तो हुन्थ्यो भने ; उता बाले के गर्ने होस भन्नुहुन्थ्यो जे गर्छ्स पढ्ने भए पनि पढ् जान मन्छ भने पनि जा ! कसरी भनु जान मन छैन भनेर घरकाले मेरो खुसी चहान्थे अनि मेरो खुसी तिमी सङ साटिएको थियो भनौ न अझ म तिम्रो अधीनमा चल्ने भएको थिए !

अन्तत: मैले जितेर पनि हारे अनि एर्पोट्को ढोका सम्म तिमिले साथ दियौ अनि मलाई पनि छिटै लिन आउ है भन्दै थोपाका आँसु झारी रहेउ !मैले तिमिलाई बिहे गरेर दुलही वनाएर घर पो लाने हो केर अ्मेरिका लाने हो र भन्दै ठ्ट्टा गरेको थिए ठुस्स गरेकी थियौ त्यही पल लाई मनको क्यमेरामा कैद गर्दै डेटरोयट सहर सम्म आईपुगे !