काभ्रेमा बस दुर्घटना: चालकको लाइसेन्स नै नक्कली

काठमाडौँ । काभ्रेपलाञ्चोकमा सोमबार २७ जनाको ज्यान जाने गरी दुर्घटनामा परेको यात्रु बसका चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नै नक्कली भएको खुलेको छ ।

काठमाडौंको पुरानो बसपार्कबाट १९ जना यात्रु लिएर हिँडेको उक्त बसमा बीच बाटोबाट भूकम्पबाट भत्केको घरका लागि सरकारले दिने पैसा लिन हिँडेका व्यक्ति धेरै चढेका थिए । मंगलबार छलफलमा दिएको सूचनाअनुसार उक्त बसका चालकको चालक अनुमतिपत्र नक्कली भएको फेला परेको छ । भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रमेश लेखकले सडक दुर्घटनाका घटना बढेपछि सरोकारवाला पक्षलाई आज मन्त्रालयमा बोलाएर गरेको छलफलका क्रममा काभ्रेको बिर्तादेउरालीमा दुर्घटनामा परेको बसका चालकको लाइसेन्स नक्कली भएको खुलेको हो ।

काभ्रेको बिर्तादेउरालीमा दुर्घटना बस चालकले प्रयोग गरेको अनुमति पत्रको नम्बर यातायात व्यवस्था कार्यालयबाट अर्कैको नाममा जारी भएको रेकर्डबाट फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश अर्यालले गराएका हुन् ।

पानी परेको समय, कच्ची उकालो भीरको बाटो भए पनि क्षमताभन्दा तीन दोब्बर यात्रु र चालकको लापर्बाहीले काभ्रेको दुर्घटना निम्तिएको सरोकारवालहरुले निष्कर्ष पनि निकालेका छन् । कारोबार