आजदेखि निधिको भारत भ्रमण, यस्ता छन् चार एजेन्डा

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले बिहिबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतको रुपमा भारत प्रमण गर्दैछन् ।

यस्तो छ भ्रमणका ४ एजेण्डा

प्रधानमन्त्रीको भारत भ्रमण
भदौ अन्तिम साता प्रचण्डको भारत भ्रमण गराउने विषयमा निधिले भारतीय उच्च अधिकारीसाग छलफल गर्ने कार्यक्रम छ ।

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण
असोजमा भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्न चाहेका छन् । यसपटक निधिले मुखर्जीको भ्रमणलाई उच्च प्राथमिकता दिएर भारतीय अधिकारीसाग कुराकानी गर्नेछन् । मुखर्जीसागको भेट पनि भ्रमणकै विषयमा केन्द्रित रहनेछ ।
राष्ट्रपतिको भारत भ्रमण
वैशाखमा तय भएर अघिल्लो सरकारले स्थगित गरेको भारत भ्रमण सुचारु गर्ने विषयमा पनि निधिले कुराकानी गर्नेछन् । भारतीय राष्ट्रपतिको भ्रमणभन्दा पछाडि राष्ट्रपति भण्डारीलाई भारत भ्रमणमा पठाउने सरकारी तयारी छ ।
नाकाबन्दीपूर्वको स्तरमा सम्बन्ध सुधार
नाकाबन्दीपूर्वको अवस्थामा भारतसागको सम्बन्ध सुधार निधिको प्राथमिकतामा छ । मधेसी आन्दोनलकारीसाग सहमति कायम गर्ने र भारतसागको सम्बन्ध सहज बनाउने विषयमा मोदीले सरकारी र राजनीतिक नेताहरूसँग भेटवार्ता गर्नेछन् । नयाँ पत्रिका दैनिक