नागरिक लगानी कोषको मुनाफामा सुधार

काठमाडौँ । नागरिक लगानी कोषले गत आर्थिक बर्षमा मुनाफामा सामान्य सुधार गरेको छ। कोषले गत आर्थिक बर्षमा अघिल्लो आर्थिक बर्षको तुलनामा ९६ लाख रुपैयाँले नाफा बढाएको हो। अघिल्लो आर्थिक बर्षमा कोषले २७ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

nagarik यस अवधिमा कोषले जगेडा कोषमा १ अर्ब ५१ करोड ४१ लाख रुपैयाँ पुर्याएको छ भने ७६ अर्ब ४८ करोड रुपैयाँ लगानी गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा कोषले झन्डै १७ अर्ब रुपैयाँले लगानी बढाउन सफल देखिएको छ। 

कोषले २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। आम्दानी १६ प्रतिशतले बढेर ५५ करोड पुगेको छ भने खर्च बढेर १६ करोड ६८ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कोषको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय ४५ रुपैयाँ पुगेको छ ।