सरकारले छान्यो साढे ३ लाख गरिब !

काठमाडौँ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन लाख ५६ हजार ४१८ गरिबको पहिचान गरेको छ ।
मन्त्रालयले हिमाल, पहाड, र तराईका २५ जिल्लामा प्रारम्भिक चरणमा गरेको सर्वेक्षणमा गरिबलाई तीन भागमा वर्गीकरण गरिएको छ। अति गरिबमा ५० प्रतिशत छन्, जो साझँ बिहान के खाने भन्ने समस्यामा छन् । गबिमा ३० प्रतिशत त्यस्ता छन्, जो दुख गरी जेनतेन हातमुखसम्म जोर्न सक्ने अवस्थामा छन् ।

त्यस्तैगरी गरिबीको सङ्घारमा २० प्रतिशत जनता टन्, जसको आर्थिक गतिविधिमा ध्यान नदिने हो भने अब छिट्टै गरिब बन्ने अवस्थामा रहेको छ ।

मन्त्रालयका अनुसार मानिसको आम्दानीको स्रोत, घरको अवस्था तथा खानपिनको अवस्था, शिक्षा, स्वास्थ्य तथा नातीयताको पहुँचजस्ता विषयलाई आधार बनाएर सर्वेक्षण गरिएको थियो । कर्णालीमा धेरै गरिब भेटिएका छन् ।

केहीका बारेमा उजुरुी परेकाले आगामी सओजसम्ममा गरिने दोस्रो चरणको सर्वेक्षणमा केही संख्या घट्न सक्ने मन्त्रालयका प्रवक्ता सुरेश प्रधानले जानकारी दिए । गोरखापत्र दैनिक