चार मन्त्रालय हाम्रा लागि भन्दै अझै मन्त्रीको आश

काठमाडौँ । परिवार दलका एकनाथ ढकाल र दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानको प्रचण्ड सरकारमा सहभागी हुने सपना पूरा नहुने भएको छ । ढकाल र पासवानले केपी ओली सरकारको मन्त्री पलबाट राजीनामा नै नदिई प्रधानमन्त्रीमा प्रचण्डलाई भोट दिएका थिए ।

जहाजमा प्वाल परेपछि मुसाले छाडेझैं नैतिकता नै बिर्सेर मन्त्रीको झण्डा हल्लाउँदै ढकाल र पासवानले प्रचण्डलाई भोट हालेका थिए । प्रचण्ड सरकारमा १५ मन्त्रालय कांग्रेस र माओवादीले आठ मन्त्रालयमा मन्त्री नियुक्त गरिसकेका छन् ।

अब चार वटा मन्त्रालय बाँकी छन् । महिला, बालबालिका तथा समाजकल्याण, विज्ञान प्रविधि, खानेपानी तथा सरसफाइ र पशुपन्छी विकास मन्त्रालयमा मन्त्री तोकिएका छैनन् ।

ती चार मन्त्रालयमा हाम्रा लागि छुट्याइएको भन्दै हल्ला पिटाउने काम एक दुई सिटे पार्टीका नेताहरुले गरेका छन् । दृष्टि साप्ताहिक