यी हुन् क्रिकेट खेल्न गएर जापानमा लुकेकाहरु

काठमाडौँ ।  क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं फर्कने टिकट जापानबाटै रद्द गराएको खुलेको छ ।

१५ दिनको भिसासहित जापान लगिएका उनीहरु जापानमै भासिएको मंगलबार ४७ दिन बितेको छ ।अध्यागमन विभागका अनुसार अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन् ।

ती गैरखेलाडीले पहिलै नै बुकिङ गरिसकेको आफ्नो फर्कने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको छ । रामसुर बुढा, सञ्जिव बुढा, रोमी सरङ्कोटी राना, सूर्य बानियाँ, नरेन्द्र बुढा, सुन्दरकुमार ओली, श्यामकुमार पुन, डेन्डी शेर्पा, लक्ष्मण छन्त्याल जापानमै लुकेका हुन् । अन्नपूर्ण पोष्ट दैनिक