सरकारमा जान को–को छन् दौडधुपमा ?

काठमाडौँ । सरकारलाई समर्थन गर्ने साना दलमध्ये बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, जनता समाजवादी पार्टीका प्रेमबहादुर सिंह, परिवार दलका एकनाथ ढकाल मन्त्री बन्ने दौडधुपमा छन् ।

पासवान केपी ओली नेतृत्वको सरकारमा जनसंख्या तथा वातावरणमन्त्री थिए भने सिंहले खानेपानी तथा सरसफाइ मन्त्रालय सम्हालेका थिए । सिंहको पार्टीलाई निर्वाचन आयोगले खारेजसमेत गरेको छ । तर, प्रधानमन्त्री प्रचण्डले मन्त्रीका लागि आग्रह गर्दै आएका दलका नेतालाई कुनै जवाफ दिएका छैनन् ।

‘ढकालजी कहिलेकाहीा देखिए पनि विश्वेन्द्र पासवान र प्रेमबहादुर सिंह प्राय: आउनुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘भेट्न नपाए पनि उहाँहरू प्रधानमन्त्रीको अनुहार मात्र देखे पनि पुग्छ भन्दै धाइरहनुभएको छ ।’ प्रधानमन्त्री प्रचण्ड चार मन्त्रालय तत्काल आफैंसँग राख्ने योजनामा छन् । उनले बुधबार मात्रै पशुपक्षी मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेललाई बोलाएर छलफल गरे ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने, ‘अन्य मन्त्रालयका सचिवलाई पनि त्यसैगरी भेटेर तत्कालको काम गर्ने योजना प्रधानमन्त्रीले बनाउनुभएको छ ।’ नयाँ पत्रिका दैनिक