कारखानाबाट सिधै ५ हजारमा लाइसेन्स !

काठमाडौँ । तनहुँ प्रहरीको टोलीको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने एक समूहलाई पक्राउ गरेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत कोत्रेमा जाँचका क्रममा शंका लागेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नक्कली लाइसेन्स बनाउन सकि्रय दुई अभियुक्त र तीन प्रयोगकर्तालाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पनेएमा बन्दिपुर नगरपालिका २ का प्रमे गुरुङ , देउराली का धनप्रसाद गुरुङ रहेको प्रहरी उपरीक्षक कृष्णकुमार महतले जानकारी दिए । प्रेमले नक्कली लाइसेन्सको भरमा ट्रक चलाउँदै आएका थिए ।

उनको लाइसेन्सको पीछा गर्दै प्रहरी पोखरास्थित मुनाल ड्राइभिङ इन्स्िटच्युटका सञ्चालक विनोद खड्काबाट खरिद गरेको पत्ता लाग्यो ।त्यसपछि नयाँ बजास्थित दीपशिना पि्रन्टर्सबाट ५ हजार रुपैयाँमा नक्कली लाइसेन्स बिक्री गरेको खुल्न गएको प्रहरीले जनाएको छ ।