फास्ट ट्रयाकमा देश डुबाउन कांग्रेसभित्रका केही लागि परेका छन्ः नेपाल

काठमाडौँ ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फास्ट ट्रयाक नेपाल आफैले बताउनु पर्ने बताएका छन् । उनले नेपाल आफैले फास्ट ट्रयाक बनाओस् भन्ने नचाहने तत्वहरु नेपाल भित्रै रहेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले फास्ट ट्रयाकमा देश डुबाउन कांग्रेसभित्रकै केही तत्व लागिपरेको आरोप समेत लगाए । ‘भ्रष्टाचारमा लिप्त भएर देश डुबाउन कांग्रेसभित्रका केही मानिस लागी रहेको  देखिन्छ ।’ उनले भने,’ असी, पचासी अर्बमा बन्ने योजनालाई एक खर्ब बाह्र अर्ब पुर्‍याएर दिन खोजियो ।’

नेता नेपालले भने ‘ उसको सर्त अनुसार त्यो ट्रयाकमा दस बाह्र हजार सवारी साधन नै चल्दैन । दश हजारको संख्यामा बाहन नचल्ने त्यसको क्षतिपूर्ति दिन्छु भनेर जुन सम्झौता गर्न खोजिएको छ, त्यो गलत छ ।’

उनले सुशील कोइरालाको नेतृत्व सरकारले जुन सर्तमा जुन कम्पनीलाई फास्ट ट्रयाक दिन खोज्यो त्यो पुरै देशको अहितमा रहेको बताए । नेता नेपालले भने,’ त्यसका देशलाई नै ध्वस्त पर्ने अकूत भ्ष्टाचार का योजना थिए । सुरुदेखि नै मैले त्यसको घोर विरोध गरे । हाम्रो पार्टीले पछि पनि त्यसको विरोध गर्‍यो । पछि केपी आनेलीजीले केही ढिला गरेर भए पनि सरकारले नै त्यो बनाउने निर्णय गरे ।’

कांग्रेसका मन्त्रीहरुले भारतलाई फाष्ट ट्रयाक दिनपर्छ भने पनि अहिलेको प्रधानमन्त्रीले त्यसको नगर्ने नेता नेपालले बताए । उनले भने, ‘अहिलको प्रधानमन्त्री पनि यसलाई नेपाल सरकारले नै बनाउँछ भनेकोले अलिकति आशा जगाएको छ ।’ अन्नपूर्ण पोष्ट