भ्रष्टाचार नियन्त्रणमा सरकार उदासीन

काठमाडौँ । भ्रष्टाचारविरुद्धको महासन्धिलाई अनुमोदन गरेको ६ वर्षसम्म पनि व्यवस्थापिका संसदले महासन्धि कार्यान्वयका लागि बनाउनुपर्ने कानुन अझै बनाउन सकेको छैन ।
सन्धि कार्यान्वयनका लागि सातवटा नयाँ कानुन निर्माण गर्नुपर्छ भने २७ वटा विभिन्न कानुनमा संशोधन गर्नुपर्छ । तर, ६ वर्षसम्म पनि न त सरकारले यी कानुनको मसइौदा निर्माणमा चासो दिएको छ, न त संसद नै कानुन बनाउन गम्भीर रहेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

महासन्धि कार्यन्वयनका लागि गरिनुपर्ने कानुनी तथा संस्थागत सुधारमा सरकार र संसदले चासे नदेखाएका कारण अन्तराष्ट्रिय प्रतिवद्धता कागजमै मात्र सीमित बनेको छ ।