बिश्वकप छनौट: पहिलो खेलमा स्पेनको ८ र वेल्सको ४ गोल

काठमाडौँ । बिश्वकप छनौट खेलमा स्पेन र वेल्सले शानदार सुरुवाट गरेका छन् ।   समूह जीमा रहेको स्पेनले सोमबार राति भएको खेलमा लिंकटेन्सटाइनमाथि ८–० को फराकिलो जित हात पार्यो ।

डिएगो कोस्टाले १० औ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक मात्र गोल गरेको स्पेनले बाँकी ७ गोल दोस्रो हाफमा गर्यो  । स्पेनका लागि डेविड सिल्भाले ह्याट्रिक गरे। त्यस्तै डिएगो कोस्टा र अल्भारो मोराटाले समान दुई दुई तथा सेर्गी रोबर्टो र विटोलोले समान एक एक गोल गरे । दोस्रो हाफको  ५५ औं मिनेटमा रोबर्टो, ५९ औं मिनेटमा सिल्भा तथा ६० औं मिनेटमा विटोलोले, ६६ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो , मोराटोल ८२ र ८३ औं मिनेटमा लगातार दुई गोल गरेपछि स्पेनको अग्रता ७–० भयो ।  इन्जुरी समयमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनलाई फराकिलो जित दिलाए ।

समूह जीमा रहेका अल्बानिया र मेसेडोनियाबिचको खेल भने खराब मौसमका कारण रोकियो । उता समुह डीमा रहेको वेल्सले पनि शानदार सुरु वाट गरेको छ  । आइतबार राति कार्डिफमा भएको  खेलमा वेल्सले माल्डोभालाई ४–० ले पराजित गर्यो ।   वेल्सको जितमा ग्यारेथ बेलले दुई तथा सामुएल वोक्स र जोए एलनले एक एक गोल गरे ।  वोक्सले ३८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

४४ औं मिनेटमा एलनले गोल गर्दै अग्रता दोब्बर पारे ।   ५० औं मिनेटमा बेलले गोल गर्दै अग्रता ३–० मा पुर्‍याए ।  इन्जुरी समयमा पाएको पेनाल्टीलाई  बेलले जाली चुमाउदै पहिलो खेलमा ४–० को शानदार जित दर्ता गराए ।    छनौट चरण अन्तर्गत आज फ्रान्स, नेदरल्याण्डस, पोर्चुगल, वेल्जियमले पहिलो खेल खेल्दै छन् ।

फ्रान्सले बेलारुससंग, बेल्जियमले साइप्रससंग, नेदरल्याण्डसले स्विडेनसंग र पोर्चुगलले स्विजरल्याण्डसंग प्रतिस्पर्धा गर्दै छन् ।  सबै खेल नेपाली समय अनुसार राती १:३० बजे सुरु हुनेछ ।