दाहालको मन्त्री र सचिवलाई निर्देशन- तानाशाह बन्नू

काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनका लागि उदार तानाशाह बन्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन्।

उच्चस्तरीय संघीयता कार्यान्वयन तथा पुनर्संरचना निर्देशक समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा दाहालले १९ महिनाभित्र स्थानीय तह, प्रदेश र केन्द्रीय प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण संघीयता कार्यान्वयनमा कठोर बन्न निर्देशन दिएको छ।

संविधान कार्यान्वयन नभए मुलुक राजनीतिक र संवैधानिक संकटमा पुग्ने खतरा रहेको औंल्याउँदै प्रधानमन्त्री दाहालले मन्त्री र सचिवलाई एकै ठाउँमा राखेर यस्तो निर्देशन दिएका हुन्। अन्नपूर्ण