हाम्रो बिकास बैंकको लाभांश घोषणा

काठमाडौँ  । हाम्रो बिकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ।

संचालक समितिको उक्त प्रस्ताव राष्ट्र बैंक र बैंकको साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीले बोनस शेयर पाउने छन। बैंकले कर प्रयोजनका लागी रकम छुट्ट्याएको छैन। यसकारण शेयरधनीले कर बापतको रकम तिरेपछि मात्र शेयरधनीको डिम्याट खातामा बोनस शेयर आउने देखिन्छ।