करोडौका सामान कौडीको दाममा लिलाम

काठमाडौँ । जिल्ला अस्पताल खोटाङमा मर्मत गर्दा काम लाग्ने महंगा उपकरणलाई कौडीको दाममा लिलाम गरिएको छ।

मर्मत गर्दा काम दिने १ सय १२ थारिका उपकरण तथा सामान न्यून मूल्यमा लिलाम विक्री गरिएको छन्। जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० प्रकारका उपकरण गत फागुनमै २६ हजार ५ सयमा लिलाम बिक्री गरिएको हो।

अस्पताल विकास समितिलाई जानकारी नै नगराई करोडौंका उपकरणलाई कौडीको भाउमा बिक्री गरिेको भन्दै जिल्लामा बिरोध सुरु भएको छ ।

जिल्ला अस्पतालले कवाडी भनेर लिलाम गरेका उपकरणहरु मर्मत गरेर सामुदायिक अस्पतालमा उपयोगमा ल्याउने तयारी गरिएपछि मात्र स्थानीयले सामान लिलाम गरेको थाहा पाएका हुन् । सस्तो मूल्यमा जिल्ला अस्पतालका उपकरण सामुदायिक अस्पतालमा पुर्‍याइएपछि मिलेमतोको आशंका गरिएको छ। अन्नपूर्ण