सन्धी सच्याउन भारत तयार

काठमाडौँ । सुपुर्दगी सन्धी तथा पारस्परिक कानुनी सहायता (एमएलए) को मस्यौदा नेपालको कानुनअनुसार परिमार्जन गर्न भारत सहमत भएको छ । शुक्रबार नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत गृहसचिव स्तरीय दुई दिने बैठकमा भारत सुपुर्दगी र एमएलएको मस्यौदा परिमार्जन गर्न सहमत भएको छ।

सुपुर्दगी सन्धि र एमएलएको मस्यौदामा भारतले राखेका केही बुँदा नेपालको कानुनसँग मेल नखाने भन्दै त्यसमा परिमार्जन गर्न नेपाली पक्षले प्रस्ताव गरेको थियो। त्यसमा भारतीय पक्षले सहमति जनाएको जानकारी बैठकमा सहभागी एक अधिकारीले दिए । कान्तिपुर