वीर अस्पतालको नामले जग्गाको मूल्य एकैपटक चौबर !

काठमाडौँ  । काठमाडौंस्थित देशकै पुरानो एवं ठूलो वीर अस्पताल विस्तार हुने नाममा भक्तपुरको दुवाकोटमा दलाल तथा भूमाफियाले जग्गाको कृत्रिम मूल्यबृद्धि गरेका छन् ।अस्पताल विस्तार हुने साविक दुवाकोट गाविस ५ र ६ तथा चाँगु गाविस ९ मा जग्गाको कृत्रिम मूल्यबृद्धि गरिएको हो ।

हाल चाँगुनारायण नपा १४ र ११ मा पर्ने उक्त क्षेत्रमा जग्गा दलाल तथा भूमाफियाले सरकारी मूल्यभन्दा चार गुणसम्म बढी मूल्य बढाएका छन ।  जग्गा दलाल र भूमाफियाले कृक्रिम तरिकाले जग्गाको मूल्य बढाउँदा पनि यहाँ अहिले दैनिक जगा हेर्न आउने घुईँचो लाग्न छाडेको छन ।
चाँगु नपा १४ का उद्धव खड्काले पहिले मोटर बाटो भएको जग्गाको प्रतिआना पाँच छ लाख पर्नेमा जग्गा दलाल तथा भूमाफियाले कृक्रिम मूल्य बढाएर प्रतिआना १२ देखि १४ लाख पुर्‍याएको बताए । अन्नपूर्ण