लक्ष्मी लघुवित्तको शत प्रतिशत हकप्रद निष्काशन

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना लगानीकर्तालाई एक बराबर एक अर्थात शत प्रतिशत निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

laxmi

असोज ४ गतेबाट बिक्री खुल्ला हुने कम्पनीको हकप्रद निष्काशन कार्तिक १८ गतेसम्म आवेदन दिन सकिने छ । भदौ २५ सम्म कायम रहेको शेयर धनीहरुले मात्र हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदलाई इक्रा नेपालले ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तिय अवस्था औषतभन्दा कमजोर रहको जनाउँछ ।

लघुवित्तले १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ११ करोड रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्तापूँजी २२ करोड पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।