भाषा बिगार्नेविरुद्व कारण देखाउ आदेश

काठमाडौँ  । सर्वोच्च अदालतले नेपाली भाषको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्यबारे कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले भाषाको हिज्जे बदल्ने विषयलाई लिएर विस्तृत छलफलका लागि आगमी २ असोजमा दुवै पक्षलाई बोलाएको छ । नयाँ पत्रिका दैनिक