जनता बैंकको जनता कवज वचत खाता

काठमाडौँ  । जनता बैंकले जनता कवच बचत नामको नयाँ खाता सञ्चालनमा ल्याएको छ । यो योजनामा १० लाखसम्मको दुर्घटना मृत्यु बीमा र सोही खातामा बचत अनुसार खातामा रहेको मौज्दातको बीस गुणा १ करोड सम्मको घर बीमा दुबै सित्तैमा उपलव्ध गराउने बैंकले जनाएको छ ।

janta-bank

जनता कवच बचत खाताले बचत मात्र नभई सुरक्षा समेत प्रदान गर्ने बैंकले बिश्वास लिएको छ । बैंकले गत असार मसान्तसम्ममा २४ अर्ब ६ करोड निक्षेप संकलन गरी २० अर्ब ४७ करोडकर्जा परिचालन गरेको छ । यस आर्थिक वर्षभित्र बैंकले ३२ करोड ५३ लाख खुदमुनाफा आर्जन गर्न सफल भएको छ ।

हाल बैंकको पूर्वमा मेचीको ताप्लेजुङ्गदेखि पश्चिममा महाकालीको दार्चुलासम्म गरी ३६ वटा शाखाहरु, २९ वटा एटिएम, ५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्ग मार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।