स्वास्थ्य बिमा लागू गर्ने सञ्चय कोषको तयारी

काठमाडौँ  । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको हितलाई ध्यानमा राखेर यसै आर्थिक वर्षदेखि स्वास्थ्य विमा कार्यक्रम लागू गर्ने भएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत गरेर बृहत्तर स्वास्थ्य विमा कार्यक्रम र कोष आफैले तीन वर्षअघि गरेको पहललाई यस वर्ष योजना बनाएर कार्यान्वयनमा लैजान लागिएको छ ।

यसअघिको कोषको समन्वयकर्तालाई स्वास्थ्य सुविधा दिने उद्देश्यले छुट्टै स्वास्थय विमा कम्पनी खोल्ने योजना बनाएको थियो । सरकारबाट कम्पनी खोल्न स्वीकृति नपाएपछि कोषले यस वर्षबाट सञ्चयकमर्तालाई मात्र सेवा पुग्नेगरी कार्यक्रम सञ्चालन गर्न लागेको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले बताए । अन्नपूर्ण पोष्ट दैनिक