राजाको बदनाम गर्न ‘झ्याल्चा’

काठमाडौँ । रात छिप्पिँदै थियो। घडीमा नौ बज्दै गर्दा ललितपुरको च्यासल चोकमा मानिसको भीडभाड बढ्दै गयो। चारैतिर मधुरो बत्ती। सजिलै मानिसको अनुहार छुट्याउन नसकिने। ‘झ्याल्चा’चपा भन्ने एउटा पुरानो घरको उत्तरपट्टि मोहडामा ठूलो झ्याल देखिन्छ।  त्यही झ्यालमा टाँगिएको थियो सेतो पर्दा। भित्रको उज्यालोले एकाएक पर्दामा दुई मानव आकृति सलबलाएको देखिन्छ। एउटा पुरूष र अर्को महिला। मानवकृति ठम्याउन गार्ह्रो पर्दैन। त्यती नै बेला नेवारी संगीत सुनिन्छ। संगीतको तालमा ती दुई आकृतिनजिकिन्छन्। एक आपसमा चुम्बन गर्छन्, अंकमाल गर्छन्…!

पर्दामा देखिएको दृश्यले पुरानो घरको आँगनमा खचाखच मानिसको मनमा अनेकौं तरंग पैदा हुन्छ। कोही लाज मान्छन्। कोही चुपचाप पर्दा नियाल्छन्। कसैलाई पर्दामा देखिएको दृश्यले काउकुती लागेजस्तो हुन्छ। कोही रोमाञ्चित भएर ताली बजाउँछन्। सिटी फुक्छन्। बुधबार राति पाटनको च्यषासलस्थित चपाःछेँमा योग नरेन्द्र मल्लले बनाएको मल्लकालिन घरको एउटा झ्यालमा देखाइने जात्रा पहिलो पटक हेर्न आउनेका लागि अनौठो लाग्छ। नागरिक