अंग्रेजी नजान्दा काठमाडौंबाट घर फिर्ता

काठमाडौँ । एसएलसी पास गरी उच्च शिक्षाको लागि काठमाडौं गएका छात्र प्रदीप माझी मुसहर अंग्रेजी नजानेकै कारण बीचैमा पढाई छाडेर घर फर्केका छन्।

रौतहट लक्ष्मीपुर दोस्तिया–५ का १७ वर्षीय मुसहरलाई काठमाडौंको फ्लोरिडा कलेजले निःशुल्क पढ्ने व्यवस्था गरेको थियो । एक महिना नबित्दै उनी पढाइ छाडेर घर फर्किएको छ।

सीप्लस ग्रेडमा एसएलसी उत्तिर्ण प्रदीपको व्यवस्थापन पढ्ने इच्छा थियो। उनको इच्छाअनुसार राष्ट्रिय मुसहर उत्थान समाज रौतहटको पहलमा फ्लोरिडा कलेज भर्ना भएका थिए। काठमाडौंमा बस्न र खानका लागि समाजले नै व्यवस्था गरेका थियो।

कलेजले रौतहट र जनकपुरका एक/एक जनालाई निशुल्क पढ्ने व्यवस्था मिलाएको थियो। जनकपुरदेखि एक जना पनि मुसहर विद्यार्थी गएनन्। रौतहटबाट गएका पनि फर्किए । अन्नपूर्ण