लडाकु शिविर भ्रष्टाचार प्रकरणः पत्र काट्दै अख्तियार

काठमाडौँ । माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानविन अघि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आर्थिक अनियमिततामा संलग्न भएको आशंकामा लडाकु व्यवस्थापन र भरणपोषणमा संलग्न केही जिम्मेवार अधिकारीमाथि थप अनुसन्धान थालेको छ ।

तत्कालीन सेना समायोजन समितिमा रहेका राजनीतिक दलका प्रतिनिधिसहित केही कर्मचारीलाई अख्तियारले ३० दिनभित्र बयानका लागि उपस्थित हुन पत्र तयार पारेको छ । अख्तियार स्रोतका अनुसार विगतमा परेका उजुरी र अख्तियारले यसअघि गरेको फाइल अनुसन्धानका क्रमममा शंकाको घेरमा रहेका पदाधिकारीलाई ३० दिनभित्र बयानका लागि आयेगमा उपस्थित हुन निर्देशनसहित पत्राचार गर्ने भएको छ ।

बयानका लागि बोलाइएका व्यक्तिको पहिचान गोप्य राखेको अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लडाकु शिविर व्यवस्थापनसम्बन्धी निर्णय भएका र प्रक्रियासम्बन्धी सबै कागजात माग्ने निर्णय गरिसकेको छ । राजधानी दैनिक