चीनको केरुङबाट आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढीमा रोकिए

काठमाडौँ । दसैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएका छन्। स्थानीयका अनुसार कन्टेनर साँघुरो सडकमै राख्दा जोखिम बढेसँगै आवतजावतमा पनि समस्या भएको छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका विनाशकारी भूकम्पका कारण बन्द भएपछि उत्तरतिर रसुवागढी नाकामात्र सञ्चालनमा छ। स्याफ्रुबेसी -रसुवागढी सडकको बीचमा पर्ने टिमुरेमा १५ दिनदेखि तीन सय कन्टेनर थन्किएका छन् ।

भन्सारमा कर्मचारीको अभावमा दैनिक २०/२५ वटा कन्टेनरको सामानमात्र जाँच हुँदा समस्या भएको छ। समयमा नै भन्सार जाँच हुन नसक्दा लामो समयदेखि सयौं गाडी पालो कुरेर बसिरेहका छन् । अन्नपूर्ण